१. सरकारले दुई वर्षे तत्कालीन सुधार कार्ययोजना २०७२ कहिले पारित गर्‍यो?

Ans: वि.सं. २०७२ मंशिर २४

भूकम्प र नाकाबन्दीले अर्थतन्त्रमा गम्भीर असर परेको बेला मन्त्रिपरिषद्को मंशिर २४ को बैठकले सो कार्ययोजनालाई कार्यान्वयनमा लान लागेको हो । कार्ययोजनामा राज्यको अन्तरिम व्यवस्था, सेवाप्रवाह, विकास व्यवस्थापन तथा पुनर्निर्माणलाई समेटिएको छ।
सरकारले देशको पूर्वाधार विकासका लागि उच्चस्तरीय अनुगमन तथा निर्देशन समिति गठन गरेको छ।
विभिन्न मन्त्रालयले अगाडि सारेका प्रतिवद्धतालाई समावेश गरिएको छ। संवैधानिक प्रावधानअनुसार आ-आफ्ना मन्त्रालयका ऐन, नियम संशोधन तथा सुधार गर्ने, विभिन्न आयोग गठन गर्ने, सुधारका विभिन्न नीति अवलम्बन गरी अगाडि बढ्ने लगायतका बुँदालाई कार्ययोजनामा समेटिएको छ।
समितिको कार्य क्षेत्रमा – मुलुकको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आवश्यकताका आधारमा पूर्वाधार आयोजनाहरुको पहिचान, छनौट र प्राथमिकीकरण गर्ने कामका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने, संचालनमा रहेका आयोजनाहरुको प्राथमिकीकरण गर्ने र नेपाल सरकार समक्ष सिफारिस गर्ने, संचालनमा रहेका र कार्यान्वयनमा जाने नयाँ आयोजनाका लागि आवश्यक पर्ने वित्तीय श्रोतको आंकलन र पहिचान गरी आोश्यक श्रोत जुटाउने, आयोजना कार्यान्वयनका लागि अन्तरनिकाय समन्वय र सहकार्य प्रभावकारी बनाई कार्यान्वयनमा आइपर्ने सबै प्रकारका समस्या समाधान गर्न आवश्यक उपाय अबलम्बन गर्ने, आयोजना कार्यान्वयनको सहजीकरणका लागि आवश्यक नीतिगत र कानूनी व्यवस्था गर्ने नेपाल सरकार समक्ष सिफारिस गर्ने कार्यक्षेत्र तोकिएको छ।




More Questions:

१. हालै मानार्थ नेपाली नागरिकबाट सम्मानित बेलायती नागरिक को हुन् ?
》 कोलिन स्मिथ
२. वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय रेन्जर फेडरेसन –आईआरएफ) को आयोजनामा नवौँ विश्व रेन्जर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
》 विसं २०७६ कात्तिक २६–३०, चितवन (नेपाल)

३. ‘एक फलफूलको बोट रु. १० को नोट’ नामक कार्यक्रम सञ्चालन गर्ने स्थानीय तह कुन हो ?
》 इच्छाकामना गाउँपालिका (चितवन)

४. नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा चार–चार वर्षमा प्रदान गरिने ‘पृथ्वीप्रज्ञा पुरस्कार’ को राशि कति रहेको छ ?
》रु. चार लाख ।

– यस वर्ष (२०७६ मा) पृथ्वी प्रज्ञा पुरस्कार संस्कृतिविद् सत्यमोहन t
 प्रदान गरिएको ।

५. सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेटमार्फत मुलुकको आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने लक्ष्य परिमार्जन गर्दै कति कायम हुने प्रक्षेपण गरेको छ ?
》 ७.१ प्रतिशत ।

६. प्रदेश २ र ५ बाट श्रम स्वीकृति प्रदान गर्न कहिलेदेखि थालिएको हो ?
》 विसं २०७५ पुस १५ गते ।
– अन्य प्रदेशमा श्रम स्वीकृति लागू मिति
– गण्डकी प्रदेश ः विसं २०७५ पुस २६
– कर्णाली प्रदेश ः विसं २०७५ माघ ६
– सुदूरपश्चिम प्रदेश ः विसं २०७५ माघ ११
– प्रदेश १ ः विसं २०७५ माघ २३

७. ‘एक गाउँ एक हेलिप्याड’ कार्यक्रम सञ्चालन गर्ने पहिलो स्थानीय तह कुन हो ?
》 ऐरावती गाउँपालिका (प्युठान)

८. विश्व स्वास्थ्य सङ्गठनले कुन वर्षलाई ‘नर्स र मिडवाइफ वर्ष’ का रूपमा मनाउने निर्णय गरेको हो ?
》 सन् २०२० ।

९. विसं २०७६ कात्तिक २१ मा जारी राष्ट्रिय शिक्षा नीतिअनुसार कक्षा ८ सम्मको परीक्षा कुन स्तरमा सञ्चालन हुने उल्लेख छ ?
》 स्थानीय तह

१०. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १६८औँ राष्ट्र कुन हो ?
》 घाना (सन् २०१९ सेप्टेम्बर २५)

११. राष्ट्रिय आविष्कार केन्द्रको स्थापना कहिले गरिएको हो ?
》 विसं २०७६ कात्तिक १ ।

१२. इबोला महामारीबाट प्रताडित कङ्गोलाई विश्व स्वास्थ्य सङ्गठनले सङ्कटग्रस्त क्षेत्र कहिले घोषणा गरेको हो ?
》 सन् २०१९ जुलाई १८ ।

१३. प्रदेश ३ को लोकसेवा आयोग अध्ययक्षमा कसलाई नियुक्त गरियो ?
》 सुरेशमान श्रेष्ठ ।

१४. दीर्घकालीन सोच, २१०० अनुसार विसं २१००÷०१ मा आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या कति हुने अनुमान छ ?
》 १०० प्रतिशत ।

१५. गण्डकी प्रदेशले विकास निर्माणका योजनाको जानकारी एवम् अनुगमनका लागि ‘बार रुम’ कहिलेबाट सञ्चालनमा ल्याएको हो ?
》 विसं २०७५ फागुन ४ ।

१६. विश्व टी–२० क्रिकेटमा लगातार १२ खेलमा जित निकालेर नयाँ विश्व रेकर्ड कायम गर्ने राष्ट्र कुन हो ?
》 अफगानिस्तान ।
१७. विश्व टी–२० क्रिकेटमा लगातार सात बलमा छक्का प्रहार गरी नयाँ रेकर्ड कायम गर्ने खेलाडी कुन देशका हुन् ?
》 अफगानिस्तान

१८. हरित सहर भनी हेटौँडालाई चिनिन्छ भने गुलाबी सहर भनी कुनलाई चिनिन्छ ? 
》 वालिङ ।

(त्यसैगरी, सेल्फी सहर धनकुटा, फ्री वाईफाई नगर मटिहानी तथा बालमैत्री स्थानीय शासन नगर देवचुली र सुनवललाई चिनिने ।)

१९. अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
》 बुरुन्डी (सन् २०१७ अक्टोबर २७ ।)

२०. आर्थिक सर्वेक्षण २०७५÷७६ अनुसार नाफामा सञ्चालित सार्वजनिक संस्थान कति रहेका छन् ?
》 २६

२१. दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
》 विसं २०७६ असोज २८–३०

२२. नेपालका आदिवासी जनजातिहरूको भाषा संरक्षण गर्ने उद्देश्यका साथ विश्वव्यापी अभियानको थालनी कहिलेदेखि गरिएको हो ?
》 विसं २०७६ असार १५ (थाइल्यान्डबाट) 

२३. सूचना प्रविधि केन्द्र स्थापना गर्ने पहिलो स्थानीय तह कुन हो ?
》 साँफेबगर नगरपालिका (अछाम)

२४. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
》 प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थानीय रूपमा सञ्चालित कार्यक्रम

२५. नेपालको इतिहासमा हालसम्मकै लामो संसद् अधिवेशन कति दिन सञ्चालन भएको थियो ?
》 ३८१ दिन (विसं २०७३ वैशाख २१–२०७४ जेठ ४ सम्म)

२६. जीवाकोषविज्ञानका पिताका रूपमा कसलाई चिनिन्छ ?
》 लियोनार्दो दा भिन्ची । ११०औँ (सबैभन्दा उच्च स्थानमा रहेको राष्ट्र ः स्पेन) 

२८. नेपालमा कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि कति वर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको थियो ?
》 पाँचवर्षे 

(पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको )


२९. नेपालमा पहिलोपटक निर्यात दिवस कहिले मनाइयो ?
》 विसं २०७३ पुस २२

३०. प्रसिद्ध रामधुनी मन्दिर कहाँ रहेको छ ?
》 सुनसरी





Source: Social Media

Comments

Popular posts from this blog

स्थानीय तह बारे जानकारी

नेपाली चलचित्र सम्बन्धी केही जानकारी::

नेपालको भूगोलसम्बद्ध केही प्रश्नहरु