नेपाली चलचित्र सम्बन्धी केही जानकारी::


→नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिलाको हुन् ?
शान्ता नेपाली 
 
→ तामाङ भाषाको पहिलो चलचित्र कुन हो ?
सेमरीछोरङान् 
 
→ नेपालमा निर्मित पहिलो रंगीन चलचित्र कुन हो ?
कुमारी (२०३४) 
 
→ द्वन्द्व निर्देशन गरिएको पहिलो चलचित्र कुन हो ?
जीवनरेखा 
 
→पहिलो सिनेमास्कोप चलचित्र कुन हो ?
राँको  (वि.सं. २०५०)  
 
→ओस्कारको स्पर्धामा छानिने नेपालको पहिलो चलचित्र कुन हो ?
क्याराभान (वि.सं.२०५७) 
 
→ नेपालको पहिलो डिचिटल चलचित्र कुन हो ?
कागवेनी (वि.सं. २०६४) 
 
→ राष्ट्रिय चलचित्र दिवश कहिले मनाइन्छ ?
असोज १ 

→ नेपालमा सर्वप्रथम कहिले नयाँ सडक स्थित जनसेवा हलमा पहिलो पल्ट जनताका निम्ति टिकट लगाई चलचित्र देखाउने कार्य भयो ?
२००६ सालमा 
 
→ नेपाली भाषाको पहिलो कथानक चलचित्र कुन हो ?
‘सत्य हरिशचन्द्र’ 
 
→२००८ सालमा दार्जिलिङमा बस्ने केही नेपालीहरूले निर्माण गरेको  नेपाली  कथानक चलचित्र कुन  हो ?
‘सत्य हरिशचन्द्र’
 
→ विगतमा प्रचार विभाग (हालको सूचना विभाग)ले सर्वप्रथम आफ्नै साधन र पूँजीमा निर्माण गरेको नेपाली कथानक चलचित्र कुन हो ?
‘आमा’(२०७०, लो.से.आ.) 
 
→सरकारबाट तयार भएको पहिलो नेपाली चलचित्र ‘आमा’ कहिले निर्माण गरिएको थियो ?
वि.सं. २०२१
 
→ चलचित्र विकास बोर्डको गठन कहिले भएको हो ?
२०५७ साल असार १६ गते 
 
→चलचित्रको जाँच कुन मन्त्रालयले गर्दछ ?
सूचना तथा सञ्चार मन्त्रालय 
 
→शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र कुन हो ?
मनको बाँध 
 
→ नेपालमै डबिङ्ग भएको पहिलो नेपाली चलचित्र कुन हो ?
सिन्दुर
 
→नेपाली चलचित्र सिन्दुरका निर्देशकको हुन् ?
प्रकाश थापा 
 
→नेपाली चलचित्रको आरम्भिक कालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदि कहाँ गरिन्थ्यो ?
भारतमा 
 
→ नेपालमै मिक्सिङ् भएको पहिलो नेपाली चलचित्र कुन हो ?
प्रतिक्षा
 
→ काठमाडौँ  उपत्यकाका विभिन्न हलहरूमा संयुक्त रूपमा ५२ साता चल्ने पहिलो नेपाली चलचित्र कुन हो ?
सिन्दुर 
 
→नेपाल भाषा (नेवार जातिको भाषा) मा बनेको पहिलो चलचित्र कुन हो ?
सिलु 
 
→ रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र कुन हो ?
कुसुमे रुमाल
 
→रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र कुसुमे रुमालका निर्देशकको हुन् ?
तुलसी घिमिरे 
 
→बाँदरको अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ?
गोपीकृष्ण 
 
→ कुकुरको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ?
भाउजू 
 
→हात्तीको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ?
माउते दाई  
 
→ बालकृष्ण समको कृतिमा आधारित भई बनाइएको पहिलो ऐतिहासिक नेपाली चलचित्र कुन हो ?
प्रेमपिण्ड
 
→पहिलो ऐतिहासिक नेपाली चलचित्र प्रेमपिण्डका निर्देशक को हुन् ?
यादव खरेल 
 
→ पहिलो नेपाली गीति चलचित्र कुन हो ?
गौथली 
 
→ आदिकवि भानभुक्तको जीवनीमा आधारित पहिलो नपोली गीति चलचित्र कनु हो ?
आदिकवि भानुभक्त
 
→ लिम्बु समुदायको रूपौली सुनौली प्रथामा आधारित भई बनाइएको चलचित्र नुमाफुङका निर्देशक को हुन् ?
नवीन सुब्बा   
 
→ महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमा आधारित चलचित्रमा मुना र मदनको भूमिको कसले निभाएका थिए ?
क्रमशः दीपक त्रिपाठी र उषा पौडेल
 
→नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्रका निर्देशक को हुन् ?
डीबी परियार 
 
→ अभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र कुन हो ?
गोपी कृष्ण 
 
→नेपालमै बनेको पहिलो पौराणिक चलचित्र कुन हो ?
श्री स्वस्थानी 
 
→आधिकारिक रूपमा पहिलो नेपाली चलचित्रका नायक कसलार्ई मानिन्छ ?
शिवशंकर मानन्धर 
 
→आधिकारिक रूपमा पहिलो नेपाली चलचित्रकी नायिका को हुन् ?
भुवनचन्द
 
→ निजी क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र कुन हो ?
माइतीघर  (२०७०, लो.से.आ.) 
 
→नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकार को हुन् ?
शान्ति ठटाल (चलचित्र परालको आगो )
 















sourced from social Sites




 

Comments

Popular posts from this blog

स्थानीय तह बारे जानकारी

नेपालको भूगोलसम्बद्ध केही प्रश्नहरु