Posts

Showing posts with the label Subjective Questions

लोकसेवा आयोग सम्बन्धि प्रश्नहरुको जवाफ

Image
१. नेपालको संविधान अनुसार लोक सेवा आयोगको गठन सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?   नेपालको संविधानको भाग ३३ धारा २४२ को उपधारा (१) मा लोक सेवा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार लोक सेवा आयोगमा अध्यक्ष र अन्य चारजना सदस्य रहने प्रावधान छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिशमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । यसरी नियुक्ति गर्दा आयोगका सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त  हुनेछन् भन्ने उल्लेख गरिएको छ ।     २. लोक सेवा आयोगका काम, कर्तव्य र अधिकार के–के हुन् ?   नेपालको संविधानको धारा २४३ मा आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम तोकिएको छ :  (१) निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उमेदवार छनौट गर्न पर...

नेपालको भूगोल सम्बन्धि जानकारी :-

Image
नेपालको लम्बाई करिब ८८५ किलोमिटर (५०० माईल) र चौडाई १९३ किलोमिटर (१२५ माइल) छ। नेपालको कूल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ sq माइल)छ । नेपाललार्इ भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिएको छ: हिमाली क्षेत्र, पहाडी क्षेत्र, र तराइ क्षेत्र। यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरूलाई नेपालका प्रमुख नदी तथा पहाडहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन् |भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो । यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशी, गण्डकी, र कर्णाली नदी। यो भूभाग उष्म र सन्तृप्त हुन्छन् । पहाडी भूभागमअ १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फू) उचांईका पर्वत पर्दछन्| यो क्षेत्रमा महाभारत लेक र सिवालिक श्रृखला (चुरिया) नामका दुई साना पहाडी श्रृखला मुख्य श्रृखला हुन्। पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यकाहरूको दांजोमा २,५०० मिटर (८,२०० फिट) भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ। हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृंखलाहरु पर्दछन् । ...

Important Subjective Questions For loksewa

Image
१. नेपालको संविधानले कस्ता नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस् । ➦ नेपालको संविधानको धारा ४३ ले देहायका नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ : क. आर्थिक रुपले विपन्न नागरिक, ख. अशक्त र असहाय अवस्थामा रहेका नागरिक, ग. असहाय एकल महिला, घ. अपाङ्गता भएका नागरिक, ङ. बालबालिका, च. आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिक, छ. लोपोन्मुख जातिका नागरिक ।   २. व्यवस्थापन सूचना प्रणली भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको आवश्यकता र महत्व के छ ? उदाहरणसहित स्पस्ट गर्नुहोस् । ➦ व्यवस्थापनले कार्यालयमा विभिन्न व्यवस्थापकिय कार्य तथा सोसँग सम्बन्धित धेरै निर्णयहरु गर्नुपर्ने हुन्छ । कार्यालयमा व्यवस्थापनले योजना तर्जुमागर्ने, निर्णय गर्ने, नीति निर्माण गर्ने, निर्देशन दिने, अनुगमन गर्ने लगायतका कार्य गर्नुपर्ने हुन्छ । व्यवस्थापनलाइ यस्ता कार्य सम्पादन गर्नको लागि सूचना तथा तथ्याङ्कको आवश्यकता पर्छ । व्यवस्थापनलाई आवस्यक पर्ने यस्ता सूचना एवं तथ्याङ्क सङ्कलन गर्ने, प्रशोधन गर्ने र व्यवस्थापन समक्ष पेश गर्न कार्यालयमा एक छुट्टै संयन्त्र हुन्छ, यसलाई व...