Posts

Showing posts from August, 2020

लोकसेवा आयोग सम्बन्धि प्रश्नहरुको जवाफ

Image
१. नेपालको संविधान अनुसार लोक सेवा आयोगको गठन सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?   नेपालको संविधानको भाग ३३ धारा २४२ को उपधारा (१) मा लोक सेवा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार लोक सेवा आयोगमा अध्यक्ष र अन्य चारजना सदस्य रहने प्रावधान छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिशमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । यसरी नियुक्ति गर्दा आयोगका सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त  हुनेछन् भन्ने उल्लेख गरिएको छ ।     २. लोक सेवा आयोगका काम, कर्तव्य र अधिकार के–के हुन् ?   नेपालको संविधानको धारा २४३ मा आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम तोकिएको छ :  (१) निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उमेदवार छनौट गर्न पर...

१. सरकारले दुई वर्षे तत्कालीन सुधार कार्ययोजना २०७२ कहिले पारित गर्‍यो?

Image
Ans: वि.सं. २०७२ मंशिर २४ भूकम्प र नाकाबन्दीले अर्थतन्त्रमा गम्भीर असर परेको बेला मन्त्रिपरिषद्को मंशिर २४ को बैठकले सो कार्ययोजनालाई कार्यान्वयनमा लान लागेको हो । कार्ययोजनामा राज्यको अन्तरिम व्यवस्था, सेवाप्रवाह, विकास व्यवस्थापन तथा पुनर्निर्माणलाई समेटिएको छ। सरकारले देशको पूर्वाधार विकासका लागि उच्चस्तरीय अनुगमन तथा निर्देशन समिति गठन गरेको छ। विभिन्न मन्त्रालयले अगाडि सारेका प्रतिवद्धतालाई समावेश गरिएको छ। संवैधानिक प्रावधानअनुसार आ-आफ्ना मन्त्रालयका ऐन, नियम संशोधन तथा सुधार गर्ने, विभिन्न आयोग गठन गर्ने, सुधारका विभिन्न नीति अवलम्बन गरी अगाडि बढ्ने लगायतका बुँदालाई कार्ययोजनामा समेटिएको छ। समितिको कार्य क्षेत्रमा – मुलुकको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आवश्यकताका आधारमा पूर्वाधार आयोजनाहरुको पहिचान, छनौट र प्राथमिकीकरण गर्ने कामका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने, संचालनमा रहेका आयोजनाहरुको प्राथमिकीकरण गर्ने र नेपाल सरकार समक्ष सिफारिस गर्ने, संचालनमा रहेका र कार्यान्वयनमा जाने नयाँ आयोजनाका लागि आवश्यक पर्ने वित्तीय श्रोतको आंकलन र पहिचान गरी आोश्यक श्रोत जुटाउने, आय...